औरहि पालिका अध्यक्ष शिवजी यादव साथै पुर्व वडाअध्यक्ष दिलीप यादवलाई प्रहरीले पक्राउ गरेको छ।

विवेक परियार लहान, चैत्र/०८ सिरहाको औरहि पालिकामा महायज्ञको नाममा दलित परिवारमाथि ज्यादती गरिएको घटनामा पालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाअध्यक्ष दिलीप यादवलाई प्रहरी पक्राउ गरेको छ। उनीहरूलाई शुक्रबार बेलुकी नियन्त्रणमा लिइएको मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिएका हुन। उनीहरूसित सोधपुछ गर्ने काम भइरहेको र शनिबार पीडित परिवारसँग जाहेरी लिने उनले बताएको हो। […]
दलित परिवारको घर भत्काइएको विषयले सिराहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ।

आशनान्द यादव। लाहान । सिराहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ। गृह मन्त्रालयले सोमबार दाहाललाई फिर्ता बोलाइएको छ। उनको स्थानमा दुई दिनअघि कपिलवस्तुबाट मन्त्रालय सरुवा गरिएका विश्व प्रकाश अर्याललाई पठाएको छ। गृह प्रशासन स्रोतका अनुसार, सिराहामा दलित समुदायको घर भत्काइएको घटनाको व्यवस्थापन गर्न नसकेको भन्दै प्रजिअलाई मन्त्रालय तानिएको हो। ‘स्थानीय तहसँग […]