सिरहामा उम्मेदवार पक्राउ: नगदसहित अशेश्वर यादव नियन्त्रणमा

चन्द्रदिप यादव। सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव नगदसहित पक्राउ परेका छन्। मौनअवधिका बेला उनी नगद रकमसहित नियन्त्रणमा परेका हुन्। प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका […]