- आज मिति २०८०/११/४ गतेका दिन सखुवानन्कारकट्टी गाउँपालिका नेकपा माओवादी केन्द्रले केहि पद अधिकारी हेरफेर गरिएका छन् पद अधिकारीको हेरफेरमा कार्यकारी अध्यक्ष पदमा अर्विन चौधरीलाई नियुक्त गरिएको छ भने विद्यानन्द चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन्। जिम्मेवारी थपिए पश्चात अध्यक्ष चौधरीले भने अब हामी युवाहरूलाई जोडेर पार्टीलाई नम्बर वन पार्टी बनाउनेछौ। नयाँ कमिटी थपिए पश्चात नेता कार्यकर्तामा पनि ऊर्जा थपिएका छन्। आशानन्द यादवको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि बालेश्वर शाह विशिष्ट अतिथि विवेक परियार र ycl युवा नेता नितिष नन्दन यादव, वाडा प्रत्याशी परीक्षण महतो लगायत नेता कार्यकर्ताहरूको उपस्थिति थियो।