मिति २०८१।०४।१७ गते अं.१८:३० बजेको समयमा जिल्ला सिरहा सखुवानन्कारकट्टी वार्ड नं.५ स्थितमा रहेको इलाका प्रहरी कार्यालय महेशवारी सिरहा कार्यालय अगाडी सोही कार्यालयबाट प्र. ह. रमेश सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले ठाडीबाट लहानतर्फ जादै गरेको यात्रु बाहक बस लाई रोकी चेकजाँच गर्दा निम्न स्थान बस्ने निम्न मानिसहरुको साथबाट GIOBUS AIR PISTOL SWING कालो रंङको पेस्तोल थान १ फेला परेकोले पेस्तोल सहित निजहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको।
१. देश भारत जिल्ला मधुबनी ग्राम पञ्चायत पिपराही झझरी टोल बस्ने सुदेश्वर पासवानको छोरा अं. वर्ष १८ को निरज कुमार पासवान (निजको साथबाट बरामद भएको) ।
२.ऐ.ऐ. वार्ड नं.१२ बलानशेर टोल बस्ने श्री प्रसाद साहको छोरा अं. वर्ष ३७ को अरुण साह