लागूऔषध सहित १ (एक) जना मानिस पक्राउ

Terai Madesh Khawar

मिति २०८१।०६।१४ गते अं.०६:०० बजेको समयमा जिल्ला सिरहा नवराजपुर गाउँपालिका वडा नं.०१ भगवतीपुर टोल स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय महेशबारी सिरहाबाट खटिए‌को प्रहरी गस्ति टोलीले गोप्य सूचनाको आधारमा भगवतीपुरबाट सितापुरतर्फ प्लाष्टिकको बोरा बोकी जादै गरेको पैदल यात्री जिल्ला सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं.६ सितापुर टोल बस्ने अं.बर्ष ४० को भगत यादवलाई शंका लागी सोधपुछ गरी निजले बोकेको बोरा चेकजाँच गर्दा बोरा भित्र लुकाइ छिपाई ल्याउँदै गरेको निम्न अनुसारको लागूऔषध फेला परेकोले रीत पूर्वक बरामद गरी उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय. लहान, सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको।
निम्न-

बिज्ञापन

१) CODEINE PHOSPHATE WIXDIN CAUGH SYRUP लेखिएको 100 ML को- ८४ बोतल ।

२) PHENERGAN लेखिएको १०१ एम्पुल।

३) DIAZEPAM लेखिएको – ९५ एम्पुल ।

४) BUPRENORPHINE लेखिएको ९८ एम्पुल।

ताजा समाचार

लहान–६ मा रहेको हिमालयन विद्या निकेतन स्कुलमा ४ औँ सांस्कृतिक पोशाक तथा खाद्य महोत्सव भव्यतापूर्वक सम्पन्न

डाक्टर जितेन्द्र यादव उहाँ मधुमेह, थाइराइड, हर्मोनजन्य समस्याहरुको उपचार तथा समसामयिक परामर्श

ब्रेकिङ न्यूज: मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा