यस वर्ष विशेष विवाहोत्सव, अयोध्याबाट आउने बरातीलाई कोशेली सहित आमन्त्रण

सिरहा लहान यस वर्ष विशेष विवाहोत्सव, अयोध्याबाट आउने बरातीलाई कोशेली सहित आमन्त्रण

बिज्ञापन

मिथिलाको चाडपर्वहरु सम्पन्न भएसंगै अव महामहोत्सवका रुपमा हरेक वर्ष मनाईने विवाहपञ्चमीको रौनक सुरु भएको छ । यसवर्ष पञ्चवर्षिय रुपमा आउने विशेष जन्ती आउने र आयोध्यामा राममन्दिर समेत निर्माण भएको अवसरमा विशेष रुपमा जनकपुरधाममा विवाह पञ्चमी मनाउन लागिएको छ ।

जनकपुरधाममा यस वर्ष विशेष रुपमा विवाह पञ्चमी मनाईने भएको छ । कोशेली सहित भारतको अयोध्याबाट विशेष जन्तीमा आउने विशिष्ठ व्यक्तित्व र साधुसन्तका लागि अयोध्या आमन्त्रण लिएर मधेशका मुख्यमन्त्री आफै जाने भएका छन् । मुख्यमन्त्री सतिश कुमार सिंह भोली मात्र जाने भएपनि जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु तिलक र आमन्त्रण पत्र सहित भारतको अयोध्याका लागि आजै जानकी मन्दिरबाट प्रस्थान गरेको छ ।

अगामि मसिंर २१ गते हुने भगवान सीतारामको विवाहोत्सवलाइ लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीकालागि आमन्त्रण पत्रसहित अयोध्याकालागि विश्व हिन्दु परिषदका पदाधिकारीहरु सयौँको संख्यामा अयोध्याकालागि प्रस्थान गरेका हुन् । तीलक लिएर जाने टोलीलाई मधेसका मुख्यमन्त्री सतिश सिंह र जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले विदाई गरेका हुन् ।

मुख्यमँअयोध्या प्रस्थान गरेको टोलीलाई विदाई गर्दै मुख्यमन्त्री सिंहले जनकपुरधाममा प्रत्येक वर्ष हुने विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित पार्न प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यस अघि रहँदै आएको गैपलाई मिलाउने काम प्रदेश सरकारले गर्ने बताए । आज बिदाई भएको टोली राती बिरगंजमा बस्ने र भोली बिहान मुख्यमन्त्री सिंह सहित बिरगंजबाट टोली अयोध्या प्रस्थान गर्ने छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले विश्व हिन्दुृ परिषदले तिलक पठाउने नयाँ कार्यक्रम शुरु गरेकोमा खुशी व्यक्त गरे । उनले यस प्रकारको कार्यक्रमले नेपाल भारतको जनकपुरधाम र अयोध्यालाई थप नजिक ल्याउन मद्दत पुग्ने बताए ।

तिलक लिएर जाने समुह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलक सहित जानकी मन्दिरको पत्र विश्व हिन्दू परिषदका महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा राम मन्दिर ट्रष्टका प्रमुख चम्पत रायलाई हस्तांतरण गरिने छ । राय सहित अयोध्याबाट यस वर्ष विशेष जयन्ती आउन लागेको बताइएको छ । विश्व हिन्दू परिषदले हरेक वर्ष जस्तै विवाह पञ्चमीमा यस वर्ष पनि विशेष सामुहिक विवाहको कार्यक्रम समेत आयोजना गर्ने छ ।

ताजा समाचार

अन्तिम चरणमै पुग्न लागेको मन्दिर निर्माणमा सहयोगको लागि पत्रकार विनोद मण्डल द्वारा हार्दिक अपिल

लहानमा मालपोत कार्यलय विरुद्ध मशाल प्रदर्शन

विद्यालयमा दलित समुदायको छात्र माथी जातीय भेदभाव गरिएको छ।

मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखी द्वारा अनुगमन प्रमुख चौधरीले गरिरहेको काम पागलपनको प्रकाष्टा

आज योङ्ग कम्युनिस्ट लिगको ४३ औं स्थापना दिवस सिरहामा भव्यताको साथ मनाइएको छ।

राजनीतिक प्रतिशोधका लागि राज्यशक्तिको दुरुपयोग सामान्य हुन थालेको छः प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *