सिरहामा ओभरलोड तरकारीको बिगबिगी छैन ट्राफिकको कुनै कार्वाही ।
सिरहा मंसिर १६ गते । सिरहाका ट्राफिक प्रहरीको काम हेर्दा सन्तोषजनक नभएको आमजनताको बुझाईरहेको छ ।
आमसर्वसाधारणलाई गाडी रोकेर मात्र चेकजाँच गर्ने परम्परा नै भैसकेको यात्रुहरु बताउँछन् ।
सामान्य यात्रुहरुलाई दु:ख दिने गरेको स्थानीयहरुको गुनासो रहेको छ । यता मोटरसाईकलमा ओभरलोड तरकारी बोक्ने गाडीलाई न चेकजाँच हुन्छ् न त कुनै कार्वाही ।
सिरहाको ट्राफिक प्रहरीका ईन्चार्जलाई बारम्बार जानकारी गराउदा बेवास्ता गरेको छ ।
यो विषयले ट्राफिक प्रशासन र कानुनको कार्यान्वयनमा गम्भीर प्रश्न खडा गर्छ। ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधन वा निजी सवारीमा हुने नियम उल्लङ्घनलाई ध्यान दिनुपर्छ तर मोटरसाइकलमा ओभरलोड तरकारी बोक्नु केवल ट्राफिक नियम उल्लङ्घन मात्र होइन, यात्रुको सुरक्षामा पनि जोखिम पुर्याउँछ।