पूर्व अध्यक्ष यादव पुनः एमाले प्रवेश।

Terai Madesh Khawar

वीरेन्द्र यादव जसपा नेपाल परित्याग गरेर पुन: एमाले प्रवेश गरेका हुन्। यादव एक सामाजिक अभियान र अनुसन्धानका क्षेत्रमा स्थापित व्यक्ति हुन्। यादव २०५१ सालको मध्यावधि चुनाव हुँदा जनवादी मोर्चा का राष्ट्रिय अध्यक्ष रामराजा प्रसाद सिंह को धनुषा ४ नम्बर क्षेत्रका वारीस समेत रहेका थिए। उहाँ २०५२ सालमा नेकपा एमाले प्रवेश गरेका थिए। उहाँ मदन भण्डारी फाउन्डेसनमा Research Scholar भएर काम गरेका हुन् त्यस्तै उहाँ प्ररायु संघका केन्द्रीय सदस्य तथा जनकपुर अञ्चल इन्चार्ज का रूपमा तीन कार्यकाल कार्य गरेका थिए, साथै राष्ट्रिय खेलकुद परिषदका सदस्य पनि थिए र हेफर इन्टरनेसनलका रिजनल म्यानेजर रूपमा झन्डै ६ वर्ष चलाएका थिए। त्यसपछि यादव राष्ट्रपति चुरे – तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष भएका थिए। यादव राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष हुँदा उहाँले (“चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई “) भने एक अभियान चलाएका थिए र यो अभियान राष्ट्रिय अस्तरमा सफल पनि भएका थियो। निज यादव सितोरियो कराते (मार्सल आर्ट) का ब्ल्याक बेल्ट फर्स्ट डाउन होल्डर हुन्।

बिज्ञापन

ताजा समाचार

लहान–६ मा रहेको हिमालयन विद्या निकेतन स्कुलमा ४ औँ सांस्कृतिक पोशाक तथा खाद्य महोत्सव भव्यतापूर्वक सम्पन्न

डाक्टर जितेन्द्र यादव उहाँ मधुमेह, थाइराइड, हर्मोनजन्य समस्याहरुको उपचार तथा समसामयिक परामर्श

ब्रेकिङ न्यूज: मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा