सिराहा लहान, पुस २७ गते ।
मिर्चेया नगरपालिका वडा नम्बर ३ वस्ने खगेश्वर यादमाथि इलाका प्रहरी कार्यालय मिर्चेयामा ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएपनि प्रहरीले पक्राउ नगरेको पीडित विमल यादवले पीडा पोख्नु भएको छ
गएको मङग्सिर १४ गते राघोपुर बजारमा १२ बजे चिया पसलमा बसिरहेको समयमा स्थानीय खगेश्वर यादवले दस पन्ध्र जनाको समूहमा आएर ज्यानै मार्ने गरी कुटपिट गरेको पीडित यादवले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘मलाई ज्यानै मार्ने उद्देश्यले सार्वजानिक स्थलमा हमला गर्ने खगेश्वर यादव लगायत केहि व्यक्तिहरुमाथि इलाका प्रहरी कार्यालय मोर्चेयामा मुद्दा दर्ता त भयो तर प्रहरीले पक्राउ नगरेको अवस्थाछ । यसले झन् पीडत भएको छु । के यो देशमा कानुन छ कि छैन् ? म जस्ता गरीवले कहा न्याय पाउने ?’
‘खगेश्वर यादवलाई त प्रहरीले पक्राउ गर्नु परको कुरा मिर्चेया नगरप्रमुख श्रवण कुमार यादवलाई अपमान गर्नु र धम्की दिइने खगेश्वरले म जस्ता सर्व साधारणको अवस्था के होला ?विमल यादवले भन्नुभयो । खगेश्वर यादव मिर्चेया नगरपालिका -३ का वडाध्यक्ष पवित्री देवी यादवको श्रीमान हुनुहुन्छ । यता इलाका प्रहरी कार्यालय मिर्चेयामा सम्पर्क गर्दा खगेश्वर यादवको खोजी भइरहेको बताइएको छ ।
तस्बिरमा मिचैंया – ३ राघोपुरका पीडित विमल यादव