२०८१ पुष २८
लहान न.पा.२३ बथनाहा बस्ने मिटर व्याज पीडित विन्देश्वर सहनिले यसै वडामा घर भइ हाल लहान बजार बस्दै आइरहेका महेश कुमार गुप्ता सित मिति २०६३/०५/१२ गतेमा आफ्नो २ कठ्ठा जग्गा धितो राखी रु.२५०००/- हजार रुपैया लिएको थियो। पीडितका अनुसार उक्त रकम लिएको मध्ये मैले धनिलाइ रु.९०००/- हजार फिर्ता पनि गरिदिएको छु।सो जगा मलाई फिर्ता गरिदिनुस भन्दा पटक-पटक धनिले तिम्रो जग्गा फिर्ता गरिदिन्छु भनि समय लिने गरेको हो।तर जग्गा पास गराउन जादा मालपोत कार्यलयबाट विभिन्न बहानाहरु गर्दै धनि भागि हिनेको र यति बेला आएर अब मलाइ रु.२५०००००/- लाख देउ नभए तिम्रो जग्गा फिर्ता हुदैन भन्छन् साहु महाजन महेश कुमार गुप्ता।