लहान बजार अनुगमन

२०८१ पुष २८ गते

बिज्ञापन

विवेक परियार

आज सिरहाका प्रमुख जिल्ला अधिकारी वाषुदेव दाहालको नेतृत्वमा लहान नगर अन्तर्गत विभिन्न फार्म तथा व्यवसायीक पसल एवं मदिरा डिलरहरुमा अनुगमन गरिएको हो।अनुगमनमा प्रमुख जिल्ला अधिकारी वाषुदेव दाहाल,इलाका प्रहरी कार्यलय लहानका प्रहरी नायक उप-निरीक्षक विष्णु बहादुर सोति,उद्योग वाणिज्य संघका अध्यक्ष बिकाश शारदा साथै घरेलु साना उद्योग कार्यलय लहानका प्रमुख किशोरी शरण समेत उपस्थित रहनु भएको थियो।प्रमुख जिल्ला अधिकारीका अनुसार यो अनुगमन भनेको उपभोक्ता र व्यपारीहरुलाइ सकारात्मक सन्देश दिनका लागि गरिएको हो।बजारमा डेट एक्सपाइर भएका समानहरु छ्न वा छैनन्।कम वेट भएका सामानहरु छन वा छैनन् पता लगाउने र त्यसो हुन नदिने उदेश्य हो।खाद्यान्नका प्याकेट तौल गरायौं।अनुगमन गरिरहदा केहि पसलहरुमा म्याद गुज्रिएको सामानहरु पनि पता लगायौ भने कतिपय म्याद गुज्रिएका समान पसलेहरुले छुट्याएर राखेको देखियो।यो पहिलो पटक भएको हुनाले म्याद गुज्रिएका सामानहरु जफत गर्‍यौ।पुनःसो काम दोहोरिएमा कानुन बमोजिम कार्वाही गरिने समेत जानाउनु भयो।
उक्त अनुगमन लहान बजार अवस्थित मिर्दाहा एग्रोभेट, शिवशंकर ट्रेडर्स,अन्जिका ट्रेडर्स,आस्था इन्टरप्राइ र भावना दौलत ट्रेडमा गरिएको हो।

ताजा समाचार

अन्तिम चरणमै पुग्न लागेको मन्दिर निर्माणमा सहयोगको लागि पत्रकार विनोद मण्डल द्वारा हार्दिक अपिल

लहानमा मालपोत कार्यलय विरुद्ध मशाल प्रदर्शन

विद्यालयमा दलित समुदायको छात्र माथी जातीय भेदभाव गरिएको छ।

मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखी द्वारा अनुगमन प्रमुख चौधरीले गरिरहेको काम पागलपनको प्रकाष्टा

आज योङ्ग कम्युनिस्ट लिगको ४३ औं स्थापना दिवस सिरहामा भव्यताको साथ मनाइएको छ।

राजनीतिक प्रतिशोधका लागि राज्यशक्तिको दुरुपयोग सामान्य हुन थालेको छः प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *