थारु सम्वत् २६४८ को अवसरमा माघि महोत्सव आयोजना

२/माघ/२०८१

बिज्ञापन

विवेक परियार , लहान

 

लहान नगरपालिकाको वडा न.९ गोठ टोलमा माघे संक्रान्ति तथा थारु सम्वत २६४८ को अवसरमा तेस्रो माघि महोत्सव आयोजना गरिएको छ।उक्त महोत्सवमा लहान नगरका प्रमुख महेश चौधरीको प्रमुख आतिथ्व रहेको थियो।भने यसै नगरका पुर्व नगर प्रमुख प्रकाश केसि विशिष्ट अतिथि साथै अतिथि यसै वडाका वडा अध्यक्ष घुरन चौधरी,वडा न.७ का वडा अध्यक्ष राम अवतार शर्मा,वडा न.२० का वडा अध्यक्ष गणेश चौधरी समेतको उपस्थिति थियो।भने आम जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो।

यस कार्यक्रमका प्रमुख अतिथि महेश चौधरीले यो कार्यक्रम महोत्सवको रूपमा मात्र नभएर यस्ले नगर भरिका थारु समुदायहरुको संस्कृति,संस्कार र पहिरण,पहिचान एवं थारु समुदायको इतिहासलाइ नै जगेर्ना गर्ने काम गरेको छ भन्ने शुभकामना मन्तव्य राख्नु भएको थियो।

यसै नगरको वडा न. २२ वर्छ्बा मा पनि पाँचौ माघि महोत्सव आयोजना गरिएको थियो।उक्त महोत्सवमा विभिन्न संस्कृतिक कलाकारहरुको प्रस्तुते सहित भव्यताका साथ कार्यक्रम संचालन गरिएको थियो।

ताजा समाचार

अन्तिम चरणमै पुग्न लागेको मन्दिर निर्माणमा सहयोगको लागि पत्रकार विनोद मण्डल द्वारा हार्दिक अपिल

लहानमा मालपोत कार्यलय विरुद्ध मशाल प्रदर्शन

विद्यालयमा दलित समुदायको छात्र माथी जातीय भेदभाव गरिएको छ।

मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखी द्वारा अनुगमन प्रमुख चौधरीले गरिरहेको काम पागलपनको प्रकाष्टा

आज योङ्ग कम्युनिस्ट लिगको ४३ औं स्थापना दिवस सिरहामा भव्यताको साथ मनाइएको छ।

राजनीतिक प्रतिशोधका लागि राज्यशक्तिको दुरुपयोग सामान्य हुन थालेको छः प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *