विवेक परियार
लाहान। माघ/२० सिराहाको लाहान नगरपालिका वडा न.५ मा रहेको अल आमिन राष्ट्रिय एकेडेमीले वार्षिक शैक्षिक प्रदर्शनी अंग्रेजी तथा नेपाली वक्तृत्व प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमका अध्यक्षता एमडि सदाम मनसुरीले गर्नु भएको छ।भने प्रमुख अतिथि एमडि कलाम मनसुरीको रहेको छ। उक्त कार्यक्रममा विद्यालयका शिक्षक,विद्यार्थी एवं अभिभावकहरुको उपस्थिति समेत रहेको छ।
शिक्षाको महत्व , विद्यार्थी जिवन र अनुशासन , हाम्रो देश,लैङ्गिक समानता , हाम्रो विद्यालय , बालिका शिक्षाको महत्व , शिक्षाले संसारलाइ कसरी परिवर्तन गर्न सक्छ , जिवनमा आत्म अनुशासनको महत्व र किसान राष्ट्रियको वास्तविक खम्बा लगायतको विषयमा ग्रुप (ए) , (बि) र (सी) गरी उक्त वक्तृत्व प्रतियोगितामा विद्यार्थीहरुलाइ सहभागी गराइएको हो।
जसमा ग्रुप(ए)को तर्फबाट यूकेजिका छात्रा जस्मीन खातुनले पहिलो र दोस्रो स्थान ल्याइन भने सो कक्षाकि छात्रा तर्न्नु खातुनले तेस्रो स्थान ल्याएकि हुन।र ग्रुप(बि) को तर्फबाट कक्षा तिन कि छात्रा ताइवा नुरिले पहिलो , कक्षा एक का छात्र तोहिद राजाले दोस्रो र सो कक्षा कि छात्रा साज्दा प्रविनले तेस्रो स्थान ल्याएको हो।भने ग्रुप(सी)को तर्फबाट कक्षा पाँचका छात्र मुस्तफा रजाले पहिलो , सो कक्षाकै छात्र हसन बिन मोहम्मद अलीसरले दोस्रो र कक्षा छ का छात्र मोहम्मद अशरफ मनसुरीले तेस्रो स्थान ल्याएको हो।
उक्त प्रतियोगितामा विभिन्न स्थान ल्याउने विद्यार्थीहरूलाई विद्यालयद्वारा स-सम्मान सहित पुरस्कार प्रदान गरी भव्यताका साथ कार्यक्रम सम्पन्न गरिएको छ।