आज योङ्ग कम्युनिस्ट लिगको ४३ औं स्थापना दिवस सिरहामा भव्यताको साथ मनाइएको छ।

Terai Madesh Khawar

लहान, माघ/२४ योङ्ग कम्युनिस्ट लिगको ४३ औं स्थापना दिवस सिरहामा भव्यताको साथ मनाइएको छ।

बिज्ञापन

नेकपा(माओवादी केन्द्र)को सहायक संगठनका रूपमा रहेको योङ्ग कम्युनिस्ट लिग अर्थात वाइसीएल नेपालको ४३ औं स्थापना दिवस संगठनका सिरहा जिल्ला सचिब संजय मण्डलको नेतृत्वमा मिर्चैयाको कटारी चोकमा संगठनका आम नेता कार्यकर्ताको उपस्थितिमा दिप पर्ज्वलन गरिनुको साथै अबिर लगाइ शुभकामना आदानप्रदान गरि  स्थापना दिवस मनाइएको जिल्ला सचिब संजय मण्डलले जनाउनु भएको छ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गर्दा वाइसीएल नेपाल सिराहा जिल्ला सचीबका अनुसार विगतमा सिराहा जिल्ला माओवादी केन्द्रको दोस्रो रुकुम रोल्पाको  रूपमा स्थापित थियो। र जुन विरासत हासिल गरेको थियो।कमजोर हुनुको कारणको समिक्षा गर्दै फेरी माओवादी केन्द्रले गुमेको विरासत हासिल गर्ने साथै सिरहा जिल्ला मात्र होइन फेरी देशै भरि माओवादी केन्द्रले नयाँ रुपान्तरण सहितको तरङ्ग ल्याउने र माओवादीमय देश हुनेमा जोड दिनु भएको छ।

ताजा समाचार

जितेन्द्र सोनलले आज प्रदेशसभा बैठकमै राजीनामा घोषणा गरेका छन्।

जनताको पीडा बोलेका सांसद रहबार अन्सारी : जनताले कालो मोसो पोत्ने अवस्था, अब आफैंले आफैंलाई पोतें”

सुनसरीको भान्टाबारी नाकाबाट भारतीय तरकारी तस्करी, प्रहरीकै मिलेमतो