विवेक परियार
लहान, माघ/२७ सिरहाको लहान नगरपालिका वडा न.१४ स्थित रहेको श्री बस्तीपुर माध्यमिक विद्यालयमा दलित समुदायको छात्र माथी जातीय भेदभाव गरिएको छ।विद्यालयको सरस्वती पुजामा कक्षा ९ को पहिलो विद्यार्थी पुजामा बस्ने परम्परा विगत देखीनै चल्दै आइरहेको छ। र हालसम्म पनि सोहि परम्परा कायम नै रहेको छ।

मिति २०८१/१०/२१ गते सम्पन्न सरस्वती पुजाको दिन केहि कामले लहान गएर पुजा सुरुवात हुनु अघि समयमै आइ पुगेको थिए। पुजामा बस्छु भनि विद्यालय पुजा समितिका संयोजक शिक्षक योगेन्द्र यादवलाइ सोध्दा हुदैन पण्डितले मान्दैनन्।भनि दलित भएकै कारण आफुलाइ उक्त पुजामा बस्न नदिएको सो विद्यालयका कक्षा ९ मा अध्यनरत पहिलो विद्यार्थी कृष्ण कुमार रामले बताएका हुन।

विद्यालय पुजा समितिका संयोजक शिक्षक योगेन्द्र यादवका अनुसार पुजाको दिन विद्यार्थी राम समयमा नआइपुग्दा दुइ पटक निजको घरमा बोलाउन समेत विद्यार्थी पठाएको छु।विद्यार्थी समय भित्र नआएपछि सोही कक्षाकि छात्रा सिमरण साहलाइ पुजामा बसाएको हु। यस विषयमा अरु विद्यार्थीहरु सित पनि पत्रकारहरुले बुझ्न् सक्नु हुन्छ।भनि पुजा समिति संयोजक शिक्षक योगेन्द्र यादवले सोहि विद्यालयका कक्षा ८ मा अध्यनरत छात्र योगेश रामलाइ नजिक बोलाउनु भयो।

विद्यार्थी योगेश रामको अनुसार बास्तबमा पुजाको दिन कृष्ण राम लहान गएकै हो। तर उ समयमै आइपुगेका थिए। र योगेन्द्र सरले नै भन्नु भएको हो।तिमि पुजामा नबस पण्डितले मानिरहेको छैन।
विद्यालयका प्रधानध्यापक देवेन्द्र यादव सित बुझ्दा। यो विषय मलाई पहिला जानकारी भएन।के भयो कसरी भयो मलाई थाहा छैन।यो कुरा पुजा समितिका संयोजकलाइ नै पुर्ण जानकारी हुनुपर्छ भन्ने गैर जिम्मेवारी पुर्ण कुरा राख्नु भएको छ।
जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ को अनुसार कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, वंश, समुदाय वा पेशाका आधारमा जातीय भेदभाव वा छुवाछूत सार्वजनिक वा निजी स्थानमा गर्ने वा गराउने व्यक्तिलाई तीन महिनादेखि तीनवर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।