विवेक परियार
लहान , माघ/२८ सिराहा जिल्लाको धनगढीमाई १३ परेवाभीरस्थित रहेको देवी मन्दिर निर्माण कार्य अन्तिम चरणमै पुग्न लागेको छ।

मन्दिर निर्माण कार्यमा पहल साथै अगुवाइ गर्दै आइरहनु भएका पत्रकार महासंघ सिरहा शाखाका सदस्य अग्रज पत्रकार विनोद मण्डलले मन्दिर निर्माणमा विभिन्न सहयोगी व्यक्तित्वहरुको सहयोगमा निर्माण सुरु गरेको मन्दीर छत निर्माणको अन्तिम अन्तिममा पुगेको तस्बिर सहितको जानकारी गराउनु भएको छ।
उहाले सम्पूर्ण सहयोगी हातहरुलाइ धन्यवाद दिदै
मनकारी भावना भएका सम्पुर्ण सहयोगी जिल्ला बासीहरुलाइ मन्दिर निर्माणमा सहयोग गरिदिन हुन हार्दिक अपिल समेत गर्नु भएको छ।