सगरमाथा चौधरी आँखा अस्पतालले ४१औं वर्ष पार गरेको छ।

Terai Madesh Khawar

विवेक परियार

बिज्ञापन

लहान,माघ/२९ सिराहो लहान नगरपालिका अस्पताल चोक स्थित रहेको नेपाल नेत्र ज्योति संघ नामक संस्था द्वारा संचालित रहेको सगरमाथा चौधरी आँखा अस्पतालले ४१ औ वर्ष पार गरेको छ। आँखा अस्पतालले ४१ वर्ष पार गरिरहदा वार्षिक कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमका अध्यक्ष रवीन्द्र चौधरीले गर्नु भएको थियो भने प्रमुख अतिथि मधेस प्रदेशका मुख्य मन्त्री सतिष कुमार सिंह साथै विशिष्ट अतिथि दाता परिवार तथा पुर्व सांसद पदम नारायण लगायतको अतिथिहरुको भव्य उपस्थित रहेको थियो।

 

कार्यक्रममा आफ्नो स्वागत मन्तव्यको क्रममा यस अस्पतालले आँखा स्वास्थ्यको सेवामा महत्त्वपुर्ण योगदान खेल्दै आइरहेको छ।जसले गर्दा लाखौं आँखाका विरामिहरुले दृष्टि पाएको सन्तोष चौधरीले राख्नु भएको छ।

उहाँको अनुसार अस्पतालले पाएको सफलताको श्रेह अस्पतालमा अहोरात्र खटिरहनु भएका स्वास्थ्यकर्मी,कर्मचारी साथै अस्पतालका प्रशासन र व्यवस्थापन जान्छ।साथै अस्पतालमा महत्त्वपुर्ण योगदान गर्नु हुने विदेशी स्वास्थ्यकर्मी डा.हेडिङ देखी लिएर अस्पतालका मेसु,इन्चार्ज सहित दाता परिवार प्रति हार्दिक आभार व्यक्त गर्नु भएको छ।

एशियाकै ठूलो सगरमाथा चौधरी आँखा अस्पताल लहानले दशकौंदेखि आँखाको रोगीहरुलाई उपचार सेवा दिइरहेको छ । अस्पतालमा दैनिक झण्डै दुई हजारको हाराहारीमा आँखाका रोगीहरु उपचार गराइरहेका छन।
उपचार गराउनेमा ४० प्रतिशत स्वदेशी हुन्छन भने ६० प्रतिशत भारतको विभिन्न प्रदेशको अँखाका रोगीहरु आउने गर्छन।

अस्पताले गत वर्ष गरेका उपचार तथा कार्यक्रमहरु वार्षिक कार्यक्रम मार्फत सार्वजनिक गरेको छ।

ताजा समाचार

सिरहामा उम्मेदवार पक्राउ: नगदसहित अशेश्वर यादव नियन्त्रणमा

नेपाली कांग्रेसका महासमिति सदस्य अचमित लाल चौधरीलाई पार्टीबाट निष्कासन सिफारिस

नेपाली कांग्रेसले अनुशासन कडा गर्दै विष्णु प्रसाद गुप्ता लगायत सोशल मिडियामा पार्टी विरोधी गतिविधि गरेका सदस्यहरू निष्कासन गर्ने