विवेक परियार
लहान, फाल्गुन/०१ सिराहाको लहानमा नेकपा माओवादी(केन्द्र)लहान नगर कमिटीले ३० औं जनयुद्ध दिवस आयोजना गरेको छ।कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुले लहान बजार परीक्रमा गर्दै शहिद चोकमा कोण सभा गरेका छन।

उक्त दिवसमा नेकपा माओवादी(केन्द्र)का केन्द्रिय सल्लाहकार समिति सदस्य खडक नारायण चौधरी,केन्द्रिय सदस्य सुनिता महतो,लहान नगर अध्यक्ष हेमन्त कुमार यादव, जिल्ला सदस्य विजय कुमार गुप्ता,वडा न.२० का वडा अध्यक्ष नेता गणेश चौधरी,नेता देवनारायण महतो साथै नगर सचिब उमेश साह लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ।

माओवादी गुट्फुटमा नभई एकता र विचार प्रति समर्पित छ। जनयुद्ध बाट प्राप्त उपलब्धिको रक्षार्थ पिडन तथा उत्पीडनमा परेको मधेसी,दलित,जनजाति,मुस्लिम र आदिवासी जनताको अधिकार प्राप्ति प्रति माओवादी (केन्द्र) सदैब अग्रसर रहेको नेता गुप्ताले राखेका हुन।

जनयुद्धको बलबाट प्राप्त एजेन्डाहरु माथी सामन्ती पुजिपतिहरु द्वारा बारम्बार प्रहार भइरहेको छ।माओवादी आन्दोलनलाइ कमजोर गर्न सताधारी पार्टीहरु द्वारा पटक-पटक गरिएको प्रयास उनिहरुकलागि दिवा सपना मात्र हो। माओवादी जनयुद्धले बोकेको विचार र बाकि कार्यभार पुरा गर्न माओवादी एक भएर अगाडि बढी सकेको नेता चौधरीले आम कार्यकर्ता र जनतामा विश्वास व्यक्त गरेका छन।

समापन मन्तव्यको क्रममा नगर अध्यक्ष हेमन्त कुमार यादवले गरिव,किसान जनताको अधिकारको निम्ति माओवादी(केन्द्र) सदैव अग्रसर रहेको साथै परिवर्तित अहिलेको राज्य व्यवस्था जनयुद्धकमा सहादत महान शाहीदहरको बलिदानि बदौलत भएको हो।लहान बासीको अधिकारको निम्ति माओवादी (केन्द्र)एक भएर लड्ने र अघि बढ्ने सन्देश दिनु भएको छ।

जनयुद्ध झल्काउने गरि आम नेता कार्यकर्ताले खुशीयालि मनाउदै एक अर्कामा शुभकामना साटासाट गर्दै जनयुद्ध दिवस सम्पन्न गरेका छन।