स्व. अरुण यादवको परिवारको सहयोगमा जुटे समाज

Terai Madesh Khawar

चन्द्रदिप यादव

बिज्ञापन

लहान, फाल्गुन/२७ सिरहा जिल्ला, साविक राजपुर गा.वि.स. वडा नं. ८, हाल विष्णुपुर गा.पा. वडा नं. ३, रजोखैर निवासी जोखाई यादवका नाति तथा पुलकित सुनरैत यादवका छोरा अरुण यादवको असामयिक निधन सम्बन्धमा जानकारी गराउन चाहन्छु।स्व. अरुण यादवको मिति २०८१।११।१५ गते बिहान ५:०० बजे निधन भएको दुःखद् खबर छ। निज मृतकका परिवारमा पत्नी १, छोरा १, छोरी २, वृद्ध आमा १ गरी ५ जना सदस्य रहनुभएको छ।

स्व. अरुण यादवको परिवार अत्यन्तै विपन्न, गरिब तथा आर्थिक रूपमा कमजोर अवस्थाको भएकाले हाल गाउँका बासिन्दाहरूले चामल तथा आर्थिक सहयोग संकलन गरेर सहयोग गरेका छन्।उहाँहरूको  जीविकोपार्जन कठिन भएकाले थप राहत तथा सहयोग आवश्यक रहेको व्यहोरा जानकारी गराउँदै सम्बन्धित निकाय तथा मनकारी व्यक्तिहरूबाट सक्दो राहत प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।

तपाईंहरूको सहयोगले पीडित परिवारलाई ठूलो राहत प्राप्त हुनेछ। आशा छ, तपाईंहरूको सक्दो सहयोग प्राप्त हुनेछ।

 

ताजा समाचार

लहान–६ मा रहेको हिमालयन विद्या निकेतन स्कुलमा ४ औँ सांस्कृतिक पोशाक तथा खाद्य महोत्सव भव्यतापूर्वक सम्पन्न

डाक्टर जितेन्द्र यादव उहाँ मधुमेह, थाइराइड, हर्मोनजन्य समस्याहरुको उपचार तथा समसामयिक परामर्श

ब्रेकिङ न्यूज: मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा