२५ करोड भन्दा बढी रुपैयाँ बराबरको विदेशी मुद्रा बोकेको ट्रक काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ।
विगतमा ७ किलो सुन तस्करी मुद्दामा जेल बसेर छुटेका सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामा टोखा नगरपालिका १ झोर क्षेत्रबाट पक्राउ परेका हुन्। लामाले ट्रकमा २५ करोड १ लाख ६० हजार रुपैयाँ ओसारिरहेका थिए। उनी उक्त अवैध मुद्राका भरिया हुन्, रकम कसको हो भन्ने खुलेको छैन।