गेष्ट हाउस खोलेर बालिकालाई यौन धन्दामा लगाएका व्यक्तिलाई प्रहरीले समात्यो

Terai Madesh Khawar

गेष्ट हाउस खोलेर बालिकालाई यौन धन्दामा लगाउने एक जनालाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।

बिज्ञापन

पक्राउ परेका व्यक्ति गोरखाको पालुङटार नगरपालिका–६ घर भएका शम्भुलाल मल्ललाई प्रहरीले समातेको हो।

पक्राउ परेका मल्लले काठमाडौंको बालाजुमा पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए।यौन पेसामा लगाइएका दुई बालिकालाई उनको होटलबाट उद्धारसमेत गरिएको

ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले बताए अनुसार पक्राउ परेका मल्लविरुद्ध मानव बेचबिखन तथा ओसोर पसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

 

ताजा समाचार

लहान–६ मा रहेको हिमालयन विद्या निकेतन स्कुलमा ४ औँ सांस्कृतिक पोशाक तथा खाद्य महोत्सव भव्यतापूर्वक सम्पन्न

डाक्टर जितेन्द्र यादव उहाँ मधुमेह, थाइराइड, हर्मोनजन्य समस्याहरुको उपचार तथा समसामयिक परामर्श

ब्रेकिङ न्यूज: मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा