विवेक परियार
लहान, चैत्र/०९ ज्यान मार्ने उद्योग मुद्दा आरोपमा सिरहाको धनगढीमाइ – ६ मोतियाही बस्ने प्रदीप यादव र निजकै भाइ कुलदिप यादव फरार रहेका छन।
२०८१/फाल्गुन/०९ गते समय करिव ०२:०० बजेतिर इलाका प्रहरी कार्यलय धनगढीमा एक छ्लफलमा बसिरहेका थिए।निज आरोपीहरु बसिरहेको देखेपछि निज फरार अभियुक्तका जाहेरवाला सत्रुधन यादवले नियन्त्रणमा लिन प्रहरीलाई जानकारी गराउदा निजहरु त्यहीँबाट फरार भएको जाहेरवाला सत्रुधन यादवले वताएका छ्न।
प्रहरीका अनुसार जाहेरवालाले जानकारी गराउदा गराउदै निजहरु त्यहीँबाट फरार भइसकेका थिए।निजहरुको खोजी तलास जारी छ। छिटै नियन्त्रणमा लिइनेछ।