कुलमान हाटाउनु लज्जास्पद कुकर्मको पराकाष्ठा

Terai Madesh Khawar

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले  मुलुकलाई संकटबाट जोगाउनु पर्ने भन्दै सार्वजनिक अपिल गरेका छन् ।

बिज्ञापन

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको सन्दर्भमा विरोध गर्दै पूर्व उपप्रधानमन्त्री श्रेष्ठले देशलाई संकटबाट बचाउन सबैले संगठित भूमिका निर्वाह गर्नु पर्ने आह्वान गरेका हुन् । सामाजिक सञ्जाल फेसबुक (मेटा)मा पोष्ट गर्दैै उनले सरकारी निर्णयको सार्वजनिक रुपमा विरोध गरिनु पर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘देश र जनताको हित विरुद्ध नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लाई पदबाट बर्खास्त गर्ने सरकारको दुरासयपूर्ण ,स्वेच्छाचारी एवं निरङ्कुश निर्णयको जति निन्दा एवं भत्र्सना गरे पनि कम हुन्छ। यो कदम सुशासनको धज्जी उडाउँदै देशलाई थप संकटमा धकेल्दै लैजाने सरकारको लज्जास्पद कुकर्मको पराकाष्ठ हो । देशलाई संकटबाट बचाउन यस प्रकारको घोर  आपत्तिजनक  कार्य, प्रवृत्ति र शक्तिलाई परास्त गर्न सबैले संगठित भूमिका खेल्नु आजको आवश्यकता हो।यो समाचार रातो पार्टीबाट साभार गरिएको छ।

ताजा समाचार

रुपन्देहीमा स्कुल बस र ट्रयाक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते

गाउँपालिका अध्यक्षकै अगुवाइमा रुख कटान गरिएको आरोप

सिरहाका ४ वटै निर्वाचन क्षेत्रबाट कुल एक सय ३९ जनाले उम्मेदवारी दर्ता