प्लाष्टिकको बोरामा बालिका मत अवस्थामा फेला परेको सम्बन्धमा”

Terai Madesh Khawar

आशानन्द यादव

बिज्ञापन

जिल्ला सिरहा, गोलबजार नगरपलिका वडा नं. ०९ गोबिनपुर बस्ने बेचन अलीको छोरी बर्ष १३ की गुलसना खातुन मिति २०८१।११।२९ गते अन्दाजी ०९:०० बजेको समयमा घाँस काट्न जान्छु भनी घरबाट निस्की हिडेकी हाल सम्म घर फर्की नआएको तथा सम्पर्क गर्दा सम्पर्कमा नभएकोले निजको (आमा) जेहदा खातुनले मिति २०८१।१२।०१ गते छोरी खोजतलासको लागि इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहामा निवेदन दिएकोमा मिति २०८१।१२।१२ गते दिउँसो अन्दाजी १२:०० बजेको समयमा जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. ०९ स्थित घुर्मी खोलाको किनारमा वर्ष १३ की बालिका मृत अवस्थामा फेला परेको र उक्त मृतक बालिकाको लाश जिल्ला सिरहा, गोलबजार नगरपालिका वडा नं. ९ बस्ने बेचन अली र जहदा खातुनको छोरी वर्ष १३ की गुलसाना खातुन रहेको भनी निजको काका नाता पर्ने सफिजुल रहमानले उक्त मृतक बालिकाको लाश हेरी पहिचान र सनाखत गरी अनुसन्धान भईरहेकोमा थप प्राविधिक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय मिचैंयामा केन्द्रिय अमुसन्धान ब्युरोको टोली, मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैया समेतको संयुक्त टोलिले सो घटनाको अनुसन्धान गरी उक्त घटनामा संलग्न निम्न व्यक्तिलाई मिति २०८१/१२/२४ गते जिल्ला सिरहा गोलबजार नगरपालका वडा नं. ९, गोविन्दपुर बाट कानुन बमोजिम पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चयामा राखिए‌को। निज उपर ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता भई सम्मानित सिरहा जिल्ला अदालतबाट दिन (७) को म्याद थप लिई इलाका प्रहरी कार्यालय मिर्चियाबाट थप अनुसन्धान भईरहेको छ । जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. ९, गोबिन्दपुर बस्ने बर्ष २४ को जनक भन्ने बिर बहादुर सार्की छन।

अनुसन्धानबाट खुलेका कुराहरुः मिति २०८१।११।२९ गते ९:०० बजे बिर बहादुर सार्कीले आफ्नो मकै बारीमा पाडो तथा अन्य जनावरबाट मकै बाली जोगाउन बिद्युतिय धराप लगाएकोमा केहि बेर में एउटा केटी चिच्याएको आवाज आए पश्चात सो स्थानमा गई हेर्दा सोही समयमा खैरो कालो सल, कुर्ता सुरुवाल लगाए‌को केटि तार नजिक लडिरहेको र सोहि नजिक मृतक गुलसना खातुनले ल्याएको हसिया, खुर्पा, रातो चप्पल र चामलको निलो रंगको बोरा रहेको देखि निज बिर बहादुर सार्कीले पहेलो बोरामा निज मृतकको लाशलाई घुर्मी खोलाको किनार नजिक लगी खुर्पाले खाल्टो खनी पुरेको खुल्न आएको छ।

ताजा समाचार

लहान–६ मा रहेको हिमालयन विद्या निकेतन स्कुलमा ४ औँ सांस्कृतिक पोशाक तथा खाद्य महोत्सव भव्यतापूर्वक सम्पन्न

डाक्टर जितेन्द्र यादव उहाँ मधुमेह, थाइराइड, हर्मोनजन्य समस्याहरुको उपचार तथा समसामयिक परामर्श

ब्रेकिङ न्यूज: मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा