जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Terai Madesh Khawar

बिबेक परियार

बिज्ञापन

लहान,  आसार/ १३ सिरहाको लहान नगरपालिका-६ मा रहेको लहान मेरी चील्ड्रेन विद्यालय अन्तर्गत एकेडेमी कल्वको आयोजनामा जिल्ला स्तरीय वक्तृत्व कला प्रतियोगिता आयोजना गरिएको छ।

कार्यक्रमको अध्यक्षता विद्यालयका अध्यक्ष पाण्डव हमाल ठकुरीले गर्नु भएको छ भने प्रमुख अतिथि नेल्टा सिरहाका अध्यक्ष दिलिप चौधरी, विशिष्ट अतिथि विद्यालय परिवारको तर्फबाट उर्मिला हमाल ठकुरी, विद्यालयका सीइओ आयुष हमाल ठकुरी,सहित सहभागी विद्यालयबाट आउनुभएका शिक्षिकाहरू,पत्रकार एवं विद्यार्थीहरुको गरिमामय उपस्थितिमा कार्यक्रम सुरुवात गरिएको हो।

यस वक्तृत्वकला प्रतियोगितामा चारवटा विद्यालय सहभागी थिए। जसमध्ये सगरमाथा सेकेन्डरी स्कुल मिर्चैया, सामुदायिक लेखनाथ माध्यमिक विद्यालय लहान २४ त्यसैगरी लहानकै हिमालयन विद्या निकेतन र एल.एम.सी. विद्यालय लहान रहेका छन।

प्रतियोगिताको निर्णायक मण्डलीको भूमिकामा कार्यक्रमका प्रमुख अतिथि नेल्टा सिराहा अध्यक्ष दिलिप चौधरी रहनुभएको हो। उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागी प्रतियोगी विद्यालयहरू मध्ये सगरमाथा सेकेन्डरी स्कुल मिर्चैयाकि छात्रा दियांशु रोक्का पहिलो, एल.एम.सी कि छात्रा स्वीकृति सिंह चौधरी दोस्रो र एच.एन.भी कि छात्रा सानु चौधरीले तृतीय ल्याएकी हुन्।

विजेता छात्राहरूलाई पुरस्कार सहित ससम्मान गरिएको छ भने सामुदायिक विद्यालयतर्फकि प्रतियोगी छात्रा परिना चौहानलाई प्रोत्साहन पुरस्कारसहित ससम्मान गरिएको हो।

कार्यक्रमका अध्यक्ष पाण्डव हमाल ठकुरीले कार्यक्रममा सहभागी सम्पूर्ण प्रतियोगी लगायत उपस्थित अतिथिहरू प्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरू भित्र लुकेर रहेका विभिन्न खाले कला र प्रतिभालाई प्रस्तुत गर्न मद्दत गर्नेछ। जसले गर्दा  भोलिको दिनमा एक समृद्ध र सुखी राष्ट्रिय निर्माण गर्नमा उहाँहरूको पनि भूमिका रहनेछ।भन्ने भनाइहरू राख्दै कार्यक्रम समापन गर्नुभएको हो।

ताजा समाचार

लहान–६ मा रहेको हिमालयन विद्या निकेतन स्कुलमा ४ औँ सांस्कृतिक पोशाक तथा खाद्य महोत्सव भव्यतापूर्वक सम्पन्न

डाक्टर जितेन्द्र यादव उहाँ मधुमेह, थाइराइड, हर्मोनजन्य समस्याहरुको उपचार तथा समसामयिक परामर्श

ब्रेकिङ न्यूज: मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा