पालिका अध्यक्ष चतुरा नन्द ठाकुरको निर्देशमा ताल्चा फुटाइयो यसको परिणाम महगो पर्ने नेता साहको चेतावनी

Terai Madesh Khawar

विवेक परियार

बिज्ञापन

लहान , असार/६  सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा नेकपा एमाले द्वारा गरिएको तालाबन्दी आज पालिका अध्यक्ष चतुरा नन्द ठाकुरको निर्देशनमा करिव ०५ बजेर २५ मिनेट साझको समयमा उक्त ताल्चा फुटाइएको श्रोतले जानकारी गराएको छ।

यसबारे नेकपा एमाले लक्ष्मीपुर पतारीका इन्चार्ज देवनारायण साह सित बुझ्दा उहाँको अनुसार लक्ष्मीपुर पतारी गाउँपालिकामा नेकपा एमाले द्वारा पटक पटक सूचना माग गरिएता पनि पालिका अध्यक्षले विभिन्न बहानाहरुमा आलटाल गर्ने गरेको र पालिकामा भरहेको अनियमितता, बेथिति र भ्रष्टाचार विरुद्ध जनताको चर्को आलोचनालाइ मध्य नजर गर्दै मिति २०८२/असार/०४ गते हाम्रो पार्टीको निर्णय अनुसार सूचना माग गर्न जादा पालिकाका प्रमुख प्रशास्किय अधिकृत अशोक कुमार सिंह पालिकामा अनुपस्थित रहेर विपक्षी दलको मागलाइ कुण्ठित गर्नुको साथै विपक्षी दललाइ अपमान समेत गरेका हुनाले निजको कार्य कक्षमा तालाबन्दी गरेका थियौ।

विपक्षी दल सित कुनै पनि किसिमको छ्लफल नगरी हामिले गरेको तालाबन्दी पालिका अध्यक्ष चतुरा नन्द ठाकुरको निर्देशनमा फुटाउने जो खेल भएको छ।यसले पकै पनि लक्ष्मीपुर पतारीको जनताको अँखामा छारो हालेर फेरि पनि पालिका अनियमितता,व्यथिति र भ्रष्टाचारको बाटोमा अग्रसर रहेको बुझिएको छ।

यसबारे भोलि हाम्रो पार्टीको बैठक बसेर केहि निर्णय लिनेछौ।गाउँपालिका अध्यक्षको यस किसिमको तानाशाही र हैकमवादि प्रवृति विरुद्ध हामि सशक्त रुपले अगाडि बढने छौ र प्रतिवाद गर्ने छौ।जनताको सुशासन,समृद्धि र पारदर्शिताको सवालमा जस्तो सुकै कदम चाल्न एमाले पार्टी तयार रहेको साथै पालिका अध्यक्ष  चतुरा नन्द ठाकुलाइ यसकार्यको परिणाम महगो पर्ने चेतावनी समेत नेता साहले दिइएका छन।

ताजा समाचार

लहान–६ मा रहेको हिमालयन विद्या निकेतन स्कुलमा ४ औँ सांस्कृतिक पोशाक तथा खाद्य महोत्सव भव्यतापूर्वक सम्पन्न

डाक्टर जितेन्द्र यादव उहाँ मधुमेह, थाइराइड, हर्मोनजन्य समस्याहरुको उपचार तथा समसामयिक परामर्श

ब्रेकिङ न्यूज: मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा