चन्द्रदिप यादव,

कार्तिक/२२ प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभा बैठकमै राजीनामा घोषणा गरेका छन्।
विश्वासको मत नपाउने निश्चित भएपछि उनले बैठकमै पदत्यागको घोषणा गर्दै आजै प्रदेश प्रमुखसमक्ष राजीनामा पेश गर्ने बताएका छन्।
गत २९ असोजमा नियुक्त भएका सोनलको पक्षमा लोसपा, जसपा, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो।
तर संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी अनुपस्थित रहँदा र माओवादीका दुई सांसदले विद्रोह गरेपछि विश्वासको मतको अवस्था नबनेको बताइएको छ।