बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

प्रधानमन्त्री तथा हिपहप गायक बालेन्द्र शाह (बालेन) सँग सम्बन्धित १२ वर्ष पुरानो गीतबारे प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ। उक्त गीत हिपहप ब्याटल ‘रअ बार्ज’मा प्रस्तुत गरिएको थियो, जसलाई ‘सङ्स नेपाल’ लगायतका युट्युब च्यानलहरूले अपलोड गरेका छन्। उजुरीकर्ताहरूले सो भिडियोमा प्रयोग भएका शब्दहरू महिला विरोधी, अपमानजनक तथा यौनिक र लैंगिक अल्पसंख्यक समुदायविरुद्ध घृणा फैलाउने खालको […]