आशानन्द यादव
सिरहा लहान। विगत केही दिनदेखि लहान नगरपालिकामा जारी रहेको गाउँ ब्लक जग्गा फुकुवा आन्दोलन ४ बुदेँ सहमतिपछि स्थगित गरेका छन् ।
सहमति अनुसार नापी कार्यालयले बुझाएको सेस्रतालाई वडा नम्बर २४ देखि क्रमशः अध्यावधिक गर्ने, अध्यावधिक गर्न चाहिने जनशक्ति र आवश्यक सामग्री नगरपालिकाले उपलब्ध गराउने, नापी गर्न बाँकी जग्गालाई नापी गराउन विभागलाई पत्राचार गर्ने र आन्दोलन स्थगित गर्ने निर्णय भएको छ ।
लहान नगरपालिका कार्यालयमा मेयर महेश चौधरीको अध्यक्षतामा बसेको बैठकले सहमति जुटेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, उपमेयर रामचलितर महतो, मालपोत कार्यालय प्रमुख डमरु प्रसाद निरौला, नापी कार्यालय प्रमुख लालबाबु यादव र संघर्ष समितिका संयोजक अरुण केसी लगायतकाे उपस्थितिमा सहमति भएको हो ।
संघर्ष समितिले चरणबद्ध आन्दोलन घोषणा गरेर ज्ञापनपत्र बुझाएका थिए । खबरदारी सभा, मसाल जुलुस प्रदर्शन र मालपोत कार्यालयमा धर्ना दिएका थिए । धर्नाले गर्दा ३ तीन सम्म मालपोत कार्यालय ठप्प रहेको थियाे । हाम्रो माग पूरा नभए पुनः आन्दोलन गर्ने संघर्ष समितिका संयोजक केसीले बताए ।
लहानका २४ वटैमा संघर्ष समिति बनाएर आन्दोलन गरेका थिए ।