जग्गा दाता परिवारलाइ बारम्बार अपमान

Terai Madesh Khawar

विवेक परियार

बिज्ञापन

लहान, चैत्र/२२ सिरहाको सिरहाको लहान नगरपालिका वडा न.३ मा रहेको ललिता कुशवाहा माध्यमिक विद्यालयका जग्गा  दाता परिवारले पटक-पटक अफुलाइ सार्वजनिक कार्यक्रमहरुमा अपमान गर्दै आइरहेको दाता परिवार विजय महतोले पत्रकार सम्मेलन मार्फत जनाएको छ।

जग्गा दाता  स्वर्गीय रामदेव महतोको नाति हु।भन्दै आफु दाता परिवारका सदस्य रहेको बताउनु भयो।यस विद्यालयमा तिन जग्गादाताहरु छ्न जसमध्ये म पनि पर्छु।

गत सम्पन्न भएको ५० औं ‘स्वर्ण जयन्तीको’ अवसरमा जग्गा  दाता परिवारको हैसियतले कार्यक्रमको विशिष्ट अतिथिको रूपमा पत्र काटेर आमन्त्रित गरेको थियो।तर कार्यक्रममा आफुलाइ दाता परिवारको दर्जामा नराखि सहभागी गराइयो र यस भन्दा पहिला पनि पटक पटक विद्यालयका प्रधानध्यापक शिव शंकर महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर कुमार महतोले सुनयोजित ढंगले अपमान गर्दै आइरहेको साथै दाताको सालिक निर्माण गरीपाउ भन्दा निर्माण गर्न नदिएको र यसरी उनिहरुले दाता परिवारको पहिचान नै लुकाउन खोजेको आरोप सहित शिला लेखमा लेखिएको लेख प्रति पनि उहाँको आपत्ति रहेको छ।


यसबारे विद्यालयका प्रधानाध्यापक सित बुझ्दा उहाँको अनुसार मंच सानो भएर यस्तो भएको हो।उहालाई विद्यालयको कुनै तहबाट अपमान गरिएको जस्तो मलाई लाग्दैन। विद्यालयको कार्यालयमा रहेको दाता परिवारहरूको सूचीमा उहाँलाइ पनि राखिएको छ।हामि सधैं उहाको सम्मान गर्छौ र गरिरनेको छौं।यहाँका समिति र समाजले निर्णय गरेर दियो भने स्वर्गीय जग्गादाता रामदेव महतोको शालिक पनि निर्माण गरिने बताउनु भयो।

ताजा समाचार

सिरहामा उम्मेदवार पक्राउ: नगदसहित अशेश्वर यादव नियन्त्रणमा

नेपाली कांग्रेसका महासमिति सदस्य अचमित लाल चौधरीलाई पार्टीबाट निष्कासन सिफारिस

नेपाली कांग्रेसले अनुशासन कडा गर्दै विष्णु प्रसाद गुप्ता लगायत सोशल मिडियामा पार्टी विरोधी गतिविधि गरेका सदस्यहरू निष्कासन गर्ने