नेपाली कांग्रेसले अनुशासन कडा गर्दै विष्णु प्रसाद गुप्ता लगायत सोशल मिडियामा पार्टी विरोधी गतिविधि गरेका सदस्यहरू निष्कासन गर्ने

Terai Madesh Khawar

नेपाली कांग्रेस क्षेत्रीय समितिले पार्टी अनुशासन कडा गर्दै समितिले पूर्वी (ने.का.) जिल्ला उपसभापति तथा महासमिति सदस्य विष्णु प्रसाद गुप्तालाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गर्ने सिफारिश केन्द्रीय कार्यालयमा पठाएको छ।

बिज्ञापन

 

साथै, पार्टीले फेसबुक, टिकटक र अन्य सोशल मिडियामा कांग्रेस विरोधी समाचारहरूमा कमेन्ट र लाइक गरेको पाएका विभिन्न तहका सदस्यहरूलाई पनि फाल्गुण १८ गते साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरिने व्यहोरा जनाएको छ।

 

नेपाली कांग्रेस क्षेत्र नं. १ सिराहाका एक पदाधिकारीले यो निर्णय पार्टी अनुशासन कायम राख्न तथा सदस्यहरूको आचरणमा निगरानी राख्न गरिएको बताए। उनले सम्पूर्ण साथीहरूलाई यसबारे जानकारी गराउन अनुरोध गरेका छन्।

 

यो निर्णयले पार्टी भित्र अनुशासन कडा हुने र सदस्यहरूले सोशल मिडियामा पनि पार्टीको छवि र सिद्धान्तको सम्मान गर्नुपर्ने सन्देश दिएको छ।

ताजा समाचार

🎉 नव वर्ष २०८३ को हार्दिक शुभकामना 🎉

रुवी ठाकुर उपसभामुख बनेपछि गाउँमा खुसियाली

जनकपुरधाममा बालअधिकार सम्बन्धी सुझाव–पत्र हस्तान्तरण