नेपाली कांग्रेसका महासमिति सदस्य अचमित लाल चौधरीलाई पार्टीबाट निष्कासन सिफारिस

Terai Madesh Khawar

आशा नन्द यादव

बिज्ञापन

नेपाली कांग्रेसका महासमिति सदस्य अचमित लाल चौधरीलाई पार्टीबाट निष्कासन सिफारि

नेपालगञ्ज । नेपाली कांग्रेस का क्षेत्रीय समितिको निर्णय अनुसार महासमिति सदस्य अचमित लाल चौधरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरिएको छ। उक्त सिफारिस पार्टीको केन्द्रीय कार्यालयमा पठाइएको क्षेत्रीय समितिले जनाएको छ।

क्षेत्रीय समितिको बैठकले पार्टीको विधान, नीति तथा अनुशासन विपरीत गतिविधि गरेको ठहर गर्दै चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीको सिफारिस गर्ने निर्णय गरेको बताइएको छ। बैठकमा सहभागी पदाधिकारीहरूले पार्टीको अनुशासन र संगठन सुदृढीकरणका लागि कडा निर्णय आवश्यक भएको धारणा राखेका थिए।

अब अन्तिम निर्णय भने पार्टीको केन्द्रीय कार्यसमितिबाट हुने जनाइएको छ। केन्द्रीय कार्यालयले सिफारिसमाथि आवश्यक अध्ययन तथा छलफल गरी औपचारिक निर्णय सार्वजनिक गर्नेछ।

ताजा समाचार

🎉 नव वर्ष २०८३ को हार्दिक शुभकामना 🎉

रुवी ठाकुर उपसभामुख बनेपछि गाउँमा खुसियाली

जनकपुरधाममा बालअधिकार सम्बन्धी सुझाव–पत्र हस्तान्तरण