मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइयो जुड़शितल : पानीको स्पर्शसँगै आशीर्वाद र संस्कृतिको गहिरो सन्देश

Terai Madesh Khawar

मिथिलाञ्चल क्षेत्रमा आज परम्परागत पर्व जुड़शितल हर्षोल्लासका साथ मनाइँदैछ। नव वर्षको दोस्रो दिन मनाइने यस विशेष पर्वमा आमाबुवाहरूले आफ्ना छोराछोरी तथा परिवारका सदस्यहरूलाई टाउकोमा पानी हालेर ‘जुराउने’ परम्परा निभाउँछन्।

बिज्ञापन

यसरी पानी हालेर जुराउने कार्यले शरीरलाई शीतलता दिनुका साथै आशीर्वाद, दीर्घायु र सुख–समृद्धिको कामना गरिन्छ। मिथिला संस्कृतिमा जुड़शितललाई प्रकृतिसँगको सहअस्तित्व र पारिवारिक माया–ममता झल्काउने महत्वपूर्ण पर्वका रूपमा लिइन्छ।

पर्वको अवसरमा घर–आँगन सफा गर्ने, बोटबिरुवामा पानी हाल्ने तथा अन्नबाली र प्रकृतिको संरक्षणको सन्देश पनि दिइन्छ। यसले वातावरणप्रतिको जिम्मेवारी र सांस्कृतिक चेतनालाई अझ मजबुत बनाउने विश्वास गरिन्छ।

मिथिलाञ्चलका विभिन्न स्थानमा आज बिहानैदेखि पानी जुराउने, परम्परागत परिकार बनाउने र एक–अर्कामा शुभकामना साटासाट गर्ने क्रम जारी छ। जुड़शितलले केवल शीतलता मात्र नभई सम्बन्धहरूमा न्यानोपन र समाजमा एकताको भावना फैलाउने सन्देश दिइरहेको छ।

ताजा समाचार

🎉 नव वर्ष २०८३ को हार्दिक शुभकामना 🎉

रुवी ठाकुर उपसभामुख बनेपछि गाउँमा खुसियाली

जनकपुरधाममा बालअधिकार सम्बन्धी सुझाव–पत्र हस्तान्तरण