आर्थिक अभावको कारण पीडित यादवलाई उपचारमा समस्या

विवेक परियार

बिज्ञापन

२९ पुष २०८१ लाहान

आज इलाका प्रहरी कार्यलय महेशपुर पतारी अगाडि  स्थानीयहरुले नाराबाजी सहित शान्तिपूर्ण आन्दोलन गरेका छन।


स्थानीयका अनुसार लक्ष्मीपुर पतारी गाउँपालिका वडा ३ महेशपुर बस्ने राजेन्द्र यादवको नाउँमा रहेको जेसिवि निजको छोरा लाल बाबु यादव भनिने ललित यादवले उक्त जेसिवि संचालक एवं रेख देख गर्ने गरेको हो।त्यसै वडामा घर भएका प्रेम यादव उक्त जेसिविका चालक हुन।लालु यादवले उक्त जेसिविमा ग्रीसिङ्ग गर्न लगाइ आफुले चलाउन लाग्दा जेसिविको बोकेट खसेर चालकको ढाड भाचिएको हो।घटना घटेको २ महिना विति सक्दा पनि हाल सम्म जेसिवि मालिक र संचालक पीडित चालक प्रेम यादवलाइ क्षतिपूर्ति तथा उपचार खर्च साथै पीडितको अवस्था हेर्न समेत न आएको र इलाका प्रहरी कार्यलय महेशपुर पतारीमा चढाएको जाहेरी प्रक्रियामा यहाँका कार्यलय प्रमुखले चासो न राखेको,कानुनी कार्वाही प्रक्रिया अगाडी नबढाएको र उल्टै पीडितलाइ थप पीडित बनाउने काम गरेकोले यो आन्दोलन गरिएको स्थानीय बेचु यादवले बताएका हुन। यस बिषयमा इलाका प्रहरी कार्यलयका प्रमुख रविन राज मैनाली सित बुझ्दा यो घटना मिति २०८१/०७/२ गतेका दिन बिहान ०७:०० बजेको समयमा जेसिविका संचालक लाल बाबु यादवले सो जेसिविका चालक प्रेम यादवलाइ ग्रीसिङ्ग गर्न लगाइ आफु जेसिविमा चढि स्टार्ट गर्न लाग्दा जेसिविको बोकेट चालकको ढाडमा खसेको हो।उक्त बोकेट खस्दा चालक प्रेम यादवको ढाड भाचिएको र पीडितको उपचार विर अस्पताल ट्र्मा सेन्टर काठमाडौमा भएको हो।घटना घटेको दिन देखिनै उक्त जेसिवि झिकाइ यस कार्यलयमा राखेको र यस विषयमा ४ पटक यसै कार्यलयमा छलफल गराउदा समेत मिल्न नसकेको साथै पीडितले पेश गरेको जाहेरीमा मुद्दाको शिर्षक नमिलेको र पीडितलाइ शिर्षक फेरेर ल्याउ भन्दा नमानेको हुदा कानुनी प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको हो।मुद्दाको शिर्षक फेरि पीडित यस कार्यलयमा जाहेरी साथ उपस्थित हुनासाथ अविलम्ब कानुनी प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यलयका कार्यलय प्रमुख रविन राज मैनालीले बताउनु भएको छ।स्थानीय युवाहरु भन्छन् अव पनि यस विषयमा कानुनी प्रक्रिया बढाउन आल टाल भयो भने सशक्त रूपमा आन्दोलन अगाडि बढाइने चेतावनी समेत दिइएका छन।

ताजा समाचार

अन्तिम चरणमै पुग्न लागेको मन्दिर निर्माणमा सहयोगको लागि पत्रकार विनोद मण्डल द्वारा हार्दिक अपिल

लहानमा मालपोत कार्यलय विरुद्ध मशाल प्रदर्शन

विद्यालयमा दलित समुदायको छात्र माथी जातीय भेदभाव गरिएको छ।

मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखी द्वारा अनुगमन प्रमुख चौधरीले गरिरहेको काम पागलपनको प्रकाष्टा

आज योङ्ग कम्युनिस्ट लिगको ४३ औं स्थापना दिवस सिरहामा भव्यताको साथ मनाइएको छ।

राजनीतिक प्रतिशोधका लागि राज्यशक्तिको दुरुपयोग सामान्य हुन थालेको छः प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *