दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा

Terai Madesh Khawar

News: चन्द्रदिप यादव

बिज्ञापन

 

उपसभामुख रुवि कुमारी ठाकुर ले दाइजो लेनदेन हुने विवाहमा अबदेखि आफू सहभागी नहुने घोषणा गरेकी छन्।

विवाहको सिजन चलिरहेका बेला प्राप्त निमन्त्रणापत्रहरूमा ‘दहेज मुक्त विवाह’ उल्लेख नभएको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएकी हुन्।

समाज अझै पनि दाइजो जस्तो कुरीतिबाट मुक्त हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै उनले दाइजो लिनु–दिनु मात्र होइन, त्यस्तो विवाहमा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत सामाजिक र कानुनी रूपमा अस्वीकार्य भएको बताएकी छन्।

उनका अनुसार दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमा प्रत्यक्ष आघात पुर्‍याउँछ। समाज परिवर्तनका लागि व्यवहारमै सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले कुरीतिविरुद्धको लडाइँ व्यक्तिगत स्तरबाट सुरु गर्नुपर्नेमा जोड दिइन्।

साथै, विवाहका निमन्त्रणापत्रमा अनिवार्य रूपमा ‘दहेज मुक्त विवाह’ तथा ‘दाइजो लिनु र दिनु अपराध हो’ भन्ने सन्देश समावेश गर्न आग्रह गर्दै उनले यस्तो सन्देश नभएका विवाहमा सहभागी नहुने स्पष्ट पारेकी छन्।

दाइजोमुक्त समाज निर्माणका लागि सबैले साझा पहल गर्नुपर्ने उनको आह्वान छ।

ताजा समाचार

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइयो जुड़शितल : पानीको स्पर्शसँगै आशीर्वाद र संस्कृतिको गहिरो सन्देश

🎉 नव वर्ष २०८३ को हार्दिक शुभकामना 🎉