चन्द्रदिप यादव।
आज जनकपुर को जल्दो बल्दो समस्या बारे बिगत मा गरिएको गोष्टि त्यस गोष्ठी द्वारा लिइए को निर्णय अनुसार निम्न ६ बुन्दे माङ सहित विभिन्न निकायमा नेबुप केन्द्रिय सचीव तथा मधेस प्रदेश इन्चार्ज डा. अर्जुन कु सिंह ,नेबुप केन्द्रिय सदस्य श्याम किशोर गोइत,नेबुप धनुषा अध्यक्ष रामचन्द्र यादव ,सचीव सुनिल कु झा लगायतले
1. प्रमुख प्रशासकिय अधिकृत , जिल्ला प्रशासन कार्यालय धनुषा।
2.उपमेयर ( मेयर को अनुपस्थित ले) जनकपुर उपमहानगर पालिका
3. कानुन तथा आन्तरिक मामिला मन्त्री मधेस प्रदेश ।
4. मुख्यमन्त्री मधेस प्रदेश ।
ज्यु हरु लाई निम्न माङ सहित ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न भयो ।
हाम्रा मागहरू यसप्रकार छन्:
• बाह्य आगन्तुकहरूको दर्ता अनिवार्य गरियोस।
• सम्पूर्ण घर/पसल बहालदातालाई कर विवरण पेश गर्न अनिवार्य गरियोस।
• फुटपाथ व्यापारलाई दर्ता प्रणालीमा ल्याई कर प्रणालीमा समावेश गरियोस।
• ई-रिक्सा चालकहरूको तालिम, दर्ता तथा लाइसेन्स अनिवार्य गरियोस।
• छाडा जनावर नियन्त्रण तथा व्यवस्थापनका लागि विशेष कार्यक्रम सञ्चालन गरियोस, जस्तै जनावर आश्रय स्थल निर्माण, जनचेतना, र जरिवाना व्यवस्था।
• सुरक्षा निकायसँग समन्वय गरी निगरानी प्रणाली सुदृढ गरियोस।
यस माङहरु लाई चाडै सम्बोधन गरिएन भने दोश्रो चरण को कार्यक्रम को घोषणा गरिने छ ।
साथै बुद्धिजीवी परिषद ले मधेसप्रदेश का सबै नगरपालिका मा यस प्रकार का संबेदनसिल मुद्दा हरु मा ध्यानाकर्षण र यस्को समाधान को लागी प्रयास गरिरहने निर्णय समेत गरेका जानकारी अनुरोध छ।