News: Chandradip Yadav
महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई पक्राउ गरेको हो ।
अख्तियारका अनुसार औरही सडक क्षेत्रबाट यादवलाई नियन्त्रणमा लिइएको हो । उनीसँग थप रकम समेत रहेको आशंका गरिएको छ ।