News: Chandradip Yadav
सिरहासहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा श्रद्धा, भक्ति र उल्लासका साथ वट सावित्री पर्व मनाइएको छ। विवाहित महिलाहरूले पति तथा परिवारको सुख–समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै वटवृक्षको विधिपूर्वक पूजा–आराधना गरेका छन्।
परम्पराअनुसार महिलाहरू बिहानैदेखि व्रत बसेर नयाँ वस्त्र धारण गर्दै वटवृक्षको पूजा गर्न विभिन्न मठमन्दिर तथा सार्वजनिक स्थलमा पुगेका थिए। पूजाका क्रममा वटवृक्षमा धागो बाँध्दै धार्मिक विधिअनुसार कथा श्रवण तथा आराधना गरिएको थियो।
मिथिला संस्कृतिमा विशेष महत्व बोकेको यो पर्वले पारिवारिक सुख, समृद्धि र दाम्पत्य सम्बन्धको सुदृढताको कामना गर्ने धार्मिक विश्वास रहिआएको छ।