लहान, माघ/३०
लहानले विश्व भूमण्डलमा अलग विशेषता राख्दछ,
प्रत्येक विहानीको सूर्य यस सुन्दर नगरीमा जव प्रभाव छोड्छ !
कणकणमा जीवनको प्रेरणा सहित विरहरु जाग्दछ ,
राणाकालिन, पञ्चायतका क्रुरतालाई जसले ढाल्दछ !
देशले जव प्रजातन्त्रको सुखद अनुभूती गर्दछ,
लहानले काँधमा शिक्षा र व्यापारको जिम्मेवारी बोक्दछ !
जनयुद्धको नाममा जव धनयुद्धको विगुल फुकिन्छ,
अनेकन लहानबासीको अपहरण, वैंकहरु लुटिन्छ !
जहाँ जन्मिए रामलक्ष्मण, सरिता, शालिग्राम, रमेश जस्ता विर,
विश्वसामु जसले नेपालको ऊँचा गर्यो शिर !
जनआन्दोलनको पहिलो वलिदान लहानले नै दिन्छ,
साईकल चढ्न गाह्रो हुनेले, पजेरो चढी हिँड्छ !
लहानले जन्माउँछ उपप्रधानमन्त्री उपेन्द्र,
भन्ने गर्छ जसले आफूलाई मधेशको हूँ ईन्द्र !
साईकल त कहिले छुटे, मधेशलाई लुट्नसम्म लुटे,
भ्रष्टाचार पनि कति, आफ्नै पेट फूटे !
यहि धरातल टेकी पुनः जन्मिए सिके,
सिंहदरबार पुग्दा पुग्दै कतिमा हो विके !
सहिदलाई भजाएर स्वार्थको रोटी सेके,
पिडित परिवारलाई जिस्काएर एउटा हात्ती फ्याके !
वैंक लुटिए, सैकडौँ कार्यालय टुटे, वस गाडी जले,
राष्ट्रपत्ति बन्नेसम्मले लहानलाई नै छले !
महिमा मण्डित गर्नेहरु घर, परिवार र स्वार्थमा मात्र चले,
के दुःख, संघर्षको बेलाको लहानवासीलाई हृदयबाट भूले !
पचहतरबाट सत्तहतर जिल्ला, सात प्रदेश बने,
पालिका त कति हो कति मेयर उपमेयर बने !
भन्छ अशोक,सपनीमा नदेख्नेहरुले विपनीमा पाए,
जल्दा, लुटिदा, मर्दा, टुट्दा “लहानले के पाए” ?