आशानन्द यादव
लहान , फाल्गुन/१ सिराहा धनगढीमाइ नगरपालिका वडा न.५ मोतीयाहि स्थित रहेको माता राजदेवी पुजाको अवसरमा मेला महोत्सव आयोजना गरिएको थियो।
उक्त मेला प्राचीनकाल देखी लाग्दै आइरहेको छ।माता राजदेवीको दया,करुणा र शक्ति अपरम्पार रहेकोे त्यस धार्मिक स्थलको मान्यता रहेको छ। मन्दीर छेउमै रहेको भवरीमा जो कोहि रोगि व्यक्ति नुहाउदा रोग,कष्ट एवं पिडा अन्त्य हुने यस धार्मिक स्थलको जनविश्वास रहेको छ।
यस वर्ष २०८१ को अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवको अगुवाइमा भारत केशरी पहलवान रामेश्वर यादव देखी लिएर नेपालका बसन्त थापा , हरिहर थापा लगायतका पहलवानहरुको उपस्थितमा महा दङ्गल आयोजना गरिनुको साथै विभिन्न संस्कृति कार्यक्रमहरू आयोजना गरिएको सुरेन्द्र यादवले बताउनु भएको छ।
मेलामा सिरहाका जिल्ला प्रमुख अधिकारी वाषुदेव दाहाल, सशस्त्र प्रहरीबलका एसपी नरेश भण्डारी,अनुसन्धानका एसपी टिका पोख्रेल र जिल्लाका डिएसपी विरेन्द्र पासवान लगायतकाका सुरक्षा टोलिले मेलाले माताजीको दर्शन साथै पान प्रसाद ग्रहण गरेका छन।साथै उक्त मेला आज सम्पन्न भएको मेला आयोजक कमिटीले जानकारी गराएको छ।