News: चन्द्रदिप यादव
विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवमाथि सरकारी सवारी साधन दुरुपयोग गरेको आरोप लागेको छ। नेपाल सरकारले हालै सार्वजनिक विदामा हप्तामा दुई दिन गाडी प्रयोग नगर्ने निर्णय गरेको भए पनि अध्यक्ष यादवले उक्त निर्णयको अवज्ञा गरेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार आइतबार साँझ करिब ५:४० बजेतिर अध्यक्ष यादवले आफ्ना नेता–कार्यकर्तासहित भोजभतेर कार्यक्रममा सरकारी गाडी प्रयोग गरेको देखिएको हो। यस घटनाप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले सरकारी सम्पत्तिको दुरुपयोग भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
विश्वव्यापी संकटका कारण पेट्रोलियम पदार्थ अभाव भइरहेको अवस्थामा जनप्रतिनिधिले नै सरकारी सवारी व्यक्तिगत प्रयोजनमा प्रयोग गर्नु गैरजिम्मेवारपूर्ण भएको भन्दै स्थानीयले प्रश्न उठाएका छन्। उनीहरूले यस्ता गतिविधिमाथि छानबिन गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।