आशानन्द यादव
लाहान,,मिति २०८१।११।२७ गते समय ४:३० बजेको समयमा जिल्ला सिरहा औरही गाउँपालिका वडा नं. २ बनिनिया टोल घर भई हाल गोलबजार नगरपालिका वडा नं. ४ स्थितमा इशराफिल राइनको श्रीमती वर्ष ३० की नगिरा खातुनले संचालन गरेको हाइवे होटलमा लागूऔषध बिक्री वितरण भईहरेकोछ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलवजार सिरहाबाट खटिएको प्रहरी टोलीले उक्त होटलमा गई खानतलासी गर्दा होटलको बेसिनमा पहेंलो रंगको प्लाष्टिकमा १७ वटा कालो प्लाष्टिकको पोका फेला पारी हेर्दा खैरो हिरोइन जस्तो देखिने लागूऔषध रहेकोमा प्लाष्टिक सहित तौल गर्दा १ ग्राम ७३० मिलि ग्राम (प्लाष्टिक बाहेक तौल गर्दा ६७० मिलि ग्राम) खैरो हिरोइन फेला पारी वरामद गरिएको र सोही होटल बाहिर ऐ. गोलबजार नगरपालिका वडा नं. ७ चोहर्वा बस्ने वर्ष १८ को राजन जयसवाल लाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २ वटा कालो प्लाष्टिकको पोकामा खैरो हिरोइन जस्तो देखिने लागूऔषध प्लाष्टिक सहित तौल गर्दा १५० मिलिग्राम (प्लाष्टिक बाहेक तौल गर्दा ४० मिलिग्राम) फेला परेकोले लागूऔषध सहित होटल संचालक नागिरा खातुन र राजन जयसवाल लाइ नियन्त्रणमा लिई मिति २०८१।११।२८ गते सम्मानित सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई अनुसन्धान कार्य भईरहेको छ।