अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलीप यादव र बजरंगीमाथी जहेरी दर्ता भएको छ।

Terai Madesh Khawar

सिरहाको औरहि पालिका -५ मा महायज्ञ गर्न दलित माथी गरिएको ज्यादती प्रकरणमा पीडित परिवारले औरहि पालिका अध्यक्ष सहित तिनजना विरुद्ध जातीय भेदभाव  तथा छुवाछूत कसुर सम्बन्धि कसुर जाहेरी दर्ता गराएका छ्न।

बिज्ञापन

शनिबार दलित समुदायका अगुवाहरु सहित पुगेका पीडितपरिवारले जिल्ला प्रहरी कार्यालय, सिरहामा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलीप यादव, र बजरंगी बाबालाई प्रतिवादी बनाइ  जाहेरी दिएका हुन्।

घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव प्रहरीको नियन्त्रणमा छ भने बजरंगी बाबा फरार रहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।साथै फरार बजरंगी बाबाको खोजी तलास जारी छ।

नेपालको कानुनअनुसार, जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म कैद सजाय र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

ताजा समाचार

विष्णुपुर गाउँपालिकामा सरकारी गाडी दुरुपयोगको आरोप

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा