लक्ष्मीपुर पतारी गाउँपालिका गाउँसभाको ९ औं अधिवेशन सम्पन्न

Terai Madesh Khawar

पुनिता साह यादव

बिज्ञापन

लहान, अषार/११ सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका गाउँसभाको ९ औं अधिवेशन पालिका अध्यक्ष चतुरा नन्द ठाकुरको अध्यक्षतामा विशेष समारोह विच आगामी वर्ष ०८३/८३ को निति तथा कार्यक्रम प्रस्तुत गरी सम्पन्न गरिएको छ।

कार्यक्रममा पालिका उपाध्यक्ष अमरकला प्रशासकीय प्रमुख अशोक कुमार सिंह,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,गाउँसभा सदस्यहरु प्रतिपक्ष दल नेकपा माओवादी(केन्द्र)का पालिका अध्यक्ष श्री राम मोचि,जनमत पार्टीका प्रत्यासि हिरालाल यादव,नेकपा एसका पालिका अध्यक्ष सुर्यनाथ यादव,कर्मचारीहरु,संचारकर्मी,सुरक्षाकर्मी लगायतका अतिथिहरुको गरीमामय उपस्थित रहेको थियो।

पालिका अध्यक्ष चतुरा नन्द ठाकुरले पालिकाको
महत्वपूर्ण उपलब्धिहरूको समीक्षा सहितको जानकारी पढेर शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि प्रवर्द्धन, रोजगारी सिर्जना र समावेशी विकासलाई नीति तथा कार्यक्रममा विशेष प्राथमिकता दिइएको बताउनु भयो।

 

कार्यक्रममा अतिथिहरुले समेत नीति तथा कार्यक्रममा समावेश गरिएका योजनाहरूको प्रशंसा गर्दै त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

गाउँपालिकाको प्रस्तुत नीति तथा कार्यक्रममा चालू वर्षमा गाउँपालिकाले गर्न लागेका विभिन्न विकासका आयोजना, पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, रोजगार सृजना, युवा तथा महिला सशक्तिकरण, वातावरण संरक्षण, डिजिटल सुशासन, तथा राजस्व वृद्धि सम्बन्धी विस्तृत योजना समेटिएको छ ।

सुरक्षाकर्मी, कर्मचारी र सञ्चारकर्मीको सक्रिय सहभागिताले कार्यक्रम अझ व्यवस्थित र भव्य बनेको थियो । गाउँवासीहरुले यसलाई आगामी वर्षको लागि सकारात्मक संकेतका रुपमा लिएका छन् ।

ताजा समाचार

विष्णुपुर गाउँपालिकामा सरकारी गाडी दुरुपयोगको आरोप

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा