तराई मधेश संवाददाता:
विवेक परीयार
लहान, असार/२२
सिरहाको गोलबजार – ८ स्थित रहेको श्री जनता माध्यमिक विद्यालय चन्द्रलालपुर चोहर्वा सामुदायिक विद्यालयका शिक्षक हरी श्रेष्ठलेले आफ्नै विद्यालयका ४ जना छात्रामाथि लामो समयदेखि यौन हिंसा गर्दै आइरहेको घटना यति वेला सार्वजनिक भएको छ।
शिक्षकले पढाउने क्रममा छात्राहरुको गोप्य अंगहरुमा हात हाल्ने चिमट्ने जस्ता गर्ने गरेको खुलेको छ।घटना प्रति विद्यालय प्रशासन गम्भीर नभएको भन्दै अभिभावक एवं स्थानीयहरू आन्दोलित भएका हुन्।
यौन दुर्व्यवहार गरेको भन्दै छात्राहरुले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो।घटना सार्वजनिक भए पछि शिक्षकलाइ प्रहरीले पक्राउ गरेको छ।