ज्यालादारी कर्मचारी संघर्ष समिति शान्तिपूर्ण आन्दोलनमा

Terai Madesh Khawar

विवेक परियार

बिज्ञापन

लहान, असार/०८  सिराहाको विद्युत प्राधिकरण वितरण केन्द्र लाहानमा कार्यरत दैनिकी ज्यालादारीमा खटिरहेका ज्यालादारी  कर्मचारी संघर्ष समिति शान्तिपुर्ण आन्दोलनमा उत्रिएका छ

दैनिक ज्यालादारीमा खटिरहेका कर्मचारीलाइ उचित मासिक ज्यालादारीको व्यवस्था व्यवस्थापन पक्षले मिलाउनु पर्ने हो।लामो समय देखी ज्यालादारीमा खटिएका कर्मचारीलाइ स्थायी गर्ने सम्झौता विगतमा पनि सरकार पक्ष सित भएता पनि कुनै कार्यान्वयन नभएको भन्दै कर्मचारीहरु हातमा कालो पट्टी बाँधी आन्दोलनमा उत्रिएका हुन।

मिति २०८२/०३/२४ गते देखिनै देशव्यापी आन्दोलन भइरहेको छ। अहिले दैनिक ज्यालादारी वापत मासिक रु.२२५०० पाइरहेका छौ।एक तह दरबन्दी र सोहि सरहको तलब सुविधाको व्यवस्था सरकार पक्षले नमिलाए अनवरत रूपमा हाम्रो आन्दोलन जारी रहनेछ। र भोलि प्रादेशिक कार्यलय घेराउ समेतको कार्यक्रम रहेको ज्यालादारी कर्मचारी संघर्ष समिति इकाई लहानका अध्यक्ष शुव नारायण यादवले वताएका हुन।

ताजा समाचार

सिरहामा उम्मेदवार पक्राउ: नगदसहित अशेश्वर यादव नियन्त्रणमा

नेपाली कांग्रेसका महासमिति सदस्य अचमित लाल चौधरीलाई पार्टीबाट निष्कासन सिफारिस

नेपाली कांग्रेसले अनुशासन कडा गर्दै विष्णु प्रसाद गुप्ता लगायत सोशल मिडियामा पार्टी विरोधी गतिविधि गरेका सदस्यहरू निष्कासन गर्ने