नेता साहको गर्जन तानाशाही अध्यक्षलाइ घुँडा टेकाएर छाड्ने

Terai Madesh Khawar

विवेक परियार

बिज्ञापन

लहान,  असार/०८ सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा आन्दोलित विपक्षी दल नेकपा एमालेका नेताहरु जिल्ला प्रशासन कार्यलय सिराहा पुगेका छन।

नेकपा एमाले पालिका इन्चार्ज नेता देवनारायण साहका अनुसार हिजो गाउँपालिकामा आन्दोलनरत रहदा तानाशाही प्रवृत्ति भएका अध्यक्ष चतुरा नन्द ठाकुर गाउँपालिका कार्यलय बाट भागेको कुरा यहाँहरुमा जानकारी नै छ।

गाउँपालिका अध्यक्ष चतुरा नन्द ठाकुरले प्रहरी प्रशासनको आडमा जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख सित हाम्रो पार्टीका जिल्ला अध्यक्षलाइ फोन गर्न लगाएको र जिल्ला अध्यक्ष मार्फत जिल्ला प्रशासन कार्यलयमा जिल्ला प्रमुख अधिकारीको नेतृत्वमा छलफल गर्ने जानकारी आएपछि हामी संघर्षबाट पछि हटेर आज जिल्ला प्रशासन कार्यलय गयौं।

हामि त्यहाँ पुग्दा अध्यक्ष चतुरा नन्द ठाकुर फेरी त्यहाँ पनि अनुपस्थित थिए र छलफल हुने वातावरण नदेखिए पछि हामि उक्त ज्ञापन पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयमा पेश गरी फर्क्यौँ।

पालिका अध्यक्ष चतुरा नन्द ठाकुरको यो किसिमको गतिविधिले फेरी एक पटक नेकपा एमाले ससंकित भएको छ। अध्यक्ष चतुरा नन्द ठाकुरको यो हर्कतले कतै हाम्रो आन्दोलनलाइ कमजोर पार्ने षड्यन्त्र त होइन भन्ने विषयमा हामि गम्भीर छौ।

नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिकाका जनताको आवाज बनेर अघि बढेको छ।कुनै पनि सर्तमा हामि पछि हट्दैनौ।तानाशाही अध्यक्ष चतुरा नन्द ठाकुरलाइ घुँडा टेकाएर छाड्ने नेता साहले गर्जन सहित बताएका छन।

ताजा समाचार

लहान–६ मा रहेको हिमालयन विद्या निकेतन स्कुलमा ४ औँ सांस्कृतिक पोशाक तथा खाद्य महोत्सव भव्यतापूर्वक सम्पन्न

डाक्टर जितेन्द्र यादव उहाँ मधुमेह, थाइराइड, हर्मोनजन्य समस्याहरुको उपचार तथा समसामयिक परामर्श

ब्रेकिङ न्यूज: मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा