विवेक परियार
लहान, असार/१० सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरा नन्द ठाकुरले सुरक्षा गार्ड्को नाममा रकम दुरुपयोग गरीएको पाइएको छ।

स्थानीय तह संचालन ऐन विपरीत अध्यक्ष चतुरा नन्द ठाकुरले मधेश प्रदेश सरकार स्थानीय तह पदाधिकारी सुविधा सम्बन्धी ऐन, २०७७ को दफा ४ ले अध्यक्षले सुरक्षा गार्ड राख्न पाउने व्यवस्था गरेको देखिंदैन। पालिका अध्यक्ष श्री चतुरानन्द ठाकुरलाइ सुरक्षा भनि ज्यालादारी तथा डोर हाजिरमा श्री देवेन्द्र कुंवर दनुवारलाइ दैनिक रु. ८७९ दरले औषत २५ दिन राख्दा मासिक रु.२१९७५ बार्षिक रु २६३७००.०० खर्च लेखेको देखिएकोले अनियमित भएको ठहर लेखापरीक्षण प्रतिवेदन लक्ष्मीपुर पतारी गाउँपालिका,सिरहा आर्थिक वर्ष २०८०/८१ मा जनाइएको एमाले नेता अशोक मण्डलले दावी गरेका छन।गाउँपालिका अध्यक्ष चतुरा नन्द ठाकुरको प्रवृति दम्भ र घमण्डले भरिएका पुजीवादी,दलाली नोकरशाही रहेको टिप्पणी समेत गरेका हुन।
उहा भन्नु हुन्छ लक्ष्मीपुर पतारी गाउँपालिकाको जनता तमाम वेतिथि,अनियमितता र भ्रष्टाचारको विरुद्धमा जागिरहदा जनतालाइ दिग भ्रमित गर्न संचारकर्मी मित्रहरुलाइ झुटा कामहरु वताइ प्रयोग गरिदैछ।यो २१ औं शताब्दीमा जनता बाठो छन जनताले कसैको भ्रमित काम लाइ मान्दैनन जनता सत्यको पक्षमा छ एमालेको पक्षमा छ।पालिका अध्यक्ष चतुरा नन्द ठाकुरको दिग भ्रमित कुरामा नपर्न नेता मण्डलले अपिल सहित पालिका अध्यक्षको सम्पूर्ण कालो कर्तुतको पर्दाफास गरेरै छाड्ने छौं।यद्यपि सक्छौ भने रोकेर देखाउन भन्ने अध्यक्ष चतुरा नन्द ठाकुरलाइ नेता मण्डलले चुनौती समेत दिएका छन।