विवेक परियार

लहान, असार/१२ सिराहाको लक्ष्मीपुर पतारी- ६ सितापुरमा वडाको स्वामित्वमा रहेको ऐलानी जग्गा छुट्याइएको छ।

वडा अध्यक्ष अजय यादवको नेतृत्वमा सितापुरको पासवान टोल देखी पुर्व तर्फ मा वौकि देवीको मन्दीर तर्फ भइ सखुवानन्कारकट्टी गाउँपालिकाको – १ लतियाहि गाउँ जोड्ने सडक भित्र पर्ने ऐलानी जग्गा खोजी गरिएको हो।

उक्त सडकमा ऐलानी जग्गा खोजी गर्ने क्रममा अधिकांश स्थानीय वासीहरुले ऐलानि जग्गा कब्जा गरी सुखभोग गर्दै आएको वडा अध्यक्ष वताउनु हुन्छ।

उहाँका अनुसार आज बिहान ०८:०० बजे देखि जग्गा छुट्याउन सुरुवात गरेको र साझको ०५:०० बजे सम्ममा करिव ५०० मिटर दुरीको हाराहारीमा स्थानीयहरुले कब्जा गरेको ऐलानी जग्गा छुट्याइएको छ। साथै वडा भित्र रहेका सम्पूर्ण ऐलानी जग्गाहरु खोजी गर्ने क्रममा बढेका छौ। यस कार्यमा स्थानीय राजनीतिकर्मी,भद्र भलादमी, बुद्धिजीवी, युवा,सुरक्षाकर्मी एवं आम नागरिकहरुको सहयोग र साथ समेत रहेको छ।