खुश्बु जैसवालको नेतृत्वमा ११ सदस्य महिला उद्यमी संघ गठन

Terai Madesh Khawar

विवेक परियार

बिज्ञापन

 

लहान,  असार/१५  सिरहाको लहान नगरपालिकामा महिला उद्यमी महिला संघ गठन कार्यक्रम आयोजना गरिएको छ।

उक्त कार्यक्रमको अध्यक्षता महासंघकि अध्यक्ष शोभा ज्ञवालिले गर्नु भएको थियो भने मधेस प्रदेशका मुख्य मन्त्री सतिस कुमार सिंहको प्रमुख आतिथ्य,जनमत पार्टीका केन्द्रिय सदस्य वालेश्वर यादव,मधेस प्रदेशका डिआइजी उमा प्रसाद चतुरवेदि,लहान नगर प्रमुख महेश चौधरी,लहान नगर प्रमुख महेश चौधरी,सिरहा एसपि अनन्त राम शर्मा लहानका डिएसपी कैलाश राइ लगायतका अतिथिहरु गरिमामय उपस्थितिमा लाहान स्थित सम्राट होटलमा कार्यक्रम सम्पन्न गरिएको छ। जसमा संचारकर्मिहरुको पनि वाक्लो उपस्थिति रहेको छ।

कार्यक्रमबाट जनमत पार्टीकि केन्द्रिय सदस्य महिला नेतृ खुश्बु जैसवालको नेतृत्वमा ११ सदस्य महिला उद्यमी महिला संघ गठन गरिएको छ।जसमा  जिल्ला महिला उद्यमी संघ, सिरहा
नवगठित कार्यसमिति श्रीमती खुश्बु जैशवाल-अध्यक्ष,
श्रीमती पार्वती चौधरी -उपाध्यक्ष,श्रीमती अनुपम झा- महासचिव, श्रीमती जानुका पराजुली-कोषाध्यक्ष,श्रीमती आशा चौधरी -सदस्य,श्रीमती अञ्जु भुजेल- सदस्य,श्रीमती माया गुप्ता-सदस्य,श्रीमती सुनिता बिके-सदस्य,श्री रामझरी यादव – सदस्य,श्रीमती सीमा सरडा -सदस्य,श्रीमती मुना श्रेष्ठ – सदस्य रहेकि छिन।

खुश्बु जैशवाल वताउछिन।सिरहाको महिला उद्यमशीलतालाई आर्थिक, सामाजिक र नीतिगत रुपमा सशक्त बनाउने हाम्रो पहिलो प्राथमिकता हो। उद्यमीहरूको हक, अधिकार र अवसर सुनिश्चित गर्न संघ ठोस कार्ययोजना सहित अगाडि बढ्ने  प्रतिबद्धता समेत व्यक्त गरेकि छिन।

ताजा समाचार

लहान–६ मा रहेको हिमालयन विद्या निकेतन स्कुलमा ४ औँ सांस्कृतिक पोशाक तथा खाद्य महोत्सव भव्यतापूर्वक सम्पन्न

डाक्टर जितेन्द्र यादव उहाँ मधुमेह, थाइराइड, हर्मोनजन्य समस्याहरुको उपचार तथा समसामयिक परामर्श

ब्रेकिङ न्यूज: मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा